प्रचण्डलाई विश्वासको मत दिने बारेमा देउवाले गरे छलफल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रचण्डलाई विश्वासको मत दिने बारेमा देउवाले गरे छलफल


१७ फाल्गुन २०७९, बुधबार


deuba

काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं संसदीय दल नेता शेरबहादुर देउवाले पार्टीको संसदीय दल कार्यसमितिमा रहेका सदस्यहरूसँग छलफल गरेका छन्।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा देउवाले छलफल गरेका हुन्।

सभापति देउवाले धुम्बाराहीस्थित निवासमा प्रतिनिधि सभा र राष्ट्रिय सभा संसदीय दल कार्यसमितिमा रहेकाहरूसँग समसामयिक राजनीतिक घटनाक्रम र अब कसरी अघि बढ्ने भन्नेलगायत विषयमा बुधबार बिहान कुराकानी गरेका हुन्।

छलफलमा महामन्त्री, प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रमुख सचेतकलगायत उपस्थित छन्।

फागुन १३ मा राष्ट्रपतिमा रामचन्द्र पौडेललाई ८ दलले समर्थन गरेर मनोनयन गर्दा वर्तमान सरकारलाई समस्या पर्ने देखिएमा विश्वासको मत दिनेलगायत सहयोग गर्ने निर्णय काँग्रेसको थियो।

सोहीअनुसार अघि बढ्न देउवाले नेताहरूसँग आन्तरिक छलफल गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस