१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्डलाई प्रधानमन्त्री बनाउनु एमालेको ठूलो गल्ती हो’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी नेतृ एवम् निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको नेतृत्वमा रहुन्जेलसम्म देश र जनताले दुःख र सास्ती पाइरहने बताएकी छन्।

उनले प्रचण्डलाई महाभारतमा दुर्योधनको जन्म हुँदा ज्योतिषले भनेजस्तै कुलंघारको संज्ञासमेत दिइन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेतृ साहले भनिन्, ‘महाभारतमा दुर्योधनको जन्म हुँदा ज्योतिषीले भनेका थिए( यो कुलंघार हो। यो रहुन्जेलसम्म यसले परिवार पनि नाश गर्छ। देशलाई पनि नाश बनाउँछ। मलाई त त्यस्तो लागिरहेको छ कि जबसम्म प्रचण्ड नेतृत्वमा रहनुहुन्छ तबसम्म जनताका सपना, घाइते, योद्धा सबैको सपनामा चोट पुग्छ।’

उनले प्रधानमन्त्री प्रचण्डलाई धोकेबाजको संज्ञा पनि दिइन्। उनले भनिन्, ‘प्रचण्ड उहाँको आफ्नो व्यवहारले धोकेबाज देखिनुभएको छ। अब प्रचण्डसँग हाम्रो सहकार्य हुँदैन। हामी हिजो पनि एक्लै चुनाव लडेको हो। देशलाई अघि बढाउन एमाले एक्लै सक्षम छ।’

हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएकी साहले आफ्नो पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर ठूलो गल्ती गरेको पनि स्पष्ट पारिन्।

उनले भनिन्,‘ अब त उहाँको बुद्धि पलाउला भनेको त, प्रचण्डमा त्यस्तो देखिएन। सहिदका सपना पूरा होलान् भनेको त उहाँ व्यक्तिगत स्वार्थ र काममा लाग्नुभयो।’

उनले एमालेको सचिवालय बैठकबाट मन्त्रीहरू फिर्ता बोलाउने निर्णय भएपछि आफूहरू हिजै सरकारबाट बाहिरिएको पनि स्पष्ट पारिन्।

प्रतिक्रिया दिनुहोस