जसपा प्रदेश १ को अध्यक्षमा दीपक याक्खा चयन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जसपा प्रदेश १ को अध्यक्षमा दीपक याक्खा चयन


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को प्रदेश नं १ को अध्यक्षमा दीपक याक्खा चयन भएका छन् । प्रदेश कार्यालय इटहरीमा मङ्गलवार बसेको प्रदेश समितिको पूर्ण बैठकबाट उनलाई अध्यक्ष चयन गरिएको हो । उनी यस अघि समितिको उपाध्यक्ष रहेर कार्य गरेका थिए । 

प्रदेश समितिले सोमबार र मङ्गलवार गरी दुई दिन बैठक र प्रशिक्षणको आयोजना गरेको थियो । 

सोमबार आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई, कार्यकारिणी समिति सदस्यहरू रकम चेम्जोङ, रणध्वज कन्दङ्वा, परशुराम बस्नेत लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए । पार्टीको विधान अधिवेशनको समय नजिकिएसँगै जसपाले सङ्गठनहरू गठन, पुनर्गठन र अभिलेख सङ्कलनको कार्यलाई तीव्रता दिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस