२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देहीमा दुई वर्ष नाघेका मुद्दा तीन सय बढी

अ+ अ-

बेलहिया (रुपन्देही) । रुपन्देही जिल्ला अदालत भैरहवामा दुई वर्षसम्म फैसला नभएका मुद्दाको सङ्ख्या तीन सय २४ पुगेको छ ।

अदालतमा २०७९ फागुन १४ गतेसम्म फर्छ्यौट हुन बाँकी चार हजार ८१ मुद्दामध्ये सो सङ्ख्याका मुद्दा दुई वर्ष पुराना छन् ।

जिल्ला अदालतमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरी आएको मुद्दाको सङ्ख्या तीन हजार ६ सय ४७ रहेको छ भने चालू आवमा दुई हजार ६ सय ५० मुद्दा गरी कूल ६ हजार दुई सय ९७ मुद्दा रहेका छन् । अदालतमा दर्ता भएका मुद्दामध्ये फागुन १४ गतेसम्म दुई हजार दुई सय १६ फर्छ्यौट भएका छन् भने चार हजार ८१ मुद्दा फर्छ्यौट हुन बाँकी रहेका छन् । यसरी रुपन्देही अदालतमा ३५ दशमलव १२ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् ।

यस वर्षको छ महिनायता एक हजार छ सय ९६ मुद्दा नयाँ दर्ता भएका छन् । यसैगरी, छ महिनादेखि एक वर्षको अवधिमा नयाँ दुई सय ८३ र पुरानो नौ सय ५८ गरी एक हजार दुई सय ४१ मुद्दा दर्ता भएको छ । एक वर्षदेखि १८ महिनाभित्रको पाँच सय १३, अठार महिनादेखि दुई वर्षभित्रको तीन सय सात र दुई वर्ष नाघेको तीन सय २४ गरी चार हजार ८१ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको जिल्ला अदालत रुपन्देहीका मुख्य न्यायाधीश कृष्णराम कोइरालाले बताए ।

रुपन्देही जिल्ला अदालतमा चार सय ३७ वटा मुद्दा मेलमिलापका लागि पठाइएकामा ५३ मुद्दा सफल भएका छन् भने दुई सय ५८ असफल र एक सय २६ मुद्दा छलफलमै रहेका छन् । जिल्ला अदालत रुपन्देहीमा १९ जना मेलमिलापकर्ताले काम गरिरहेका छन् ।

अदालतमा देवानीतर्फको बिगो भराउने नौ सय २१, चलन चलाउने एक सय नौ, बन्डा छुट्याउने चार सय ६०, क्षतिपूर्ति भराउने १७, माना चामल भराउने एक सय तीन, अदालती शुल्कका एक सय ७२ र अन्य एक मुद्दा गरी कूल एक हजार सात सय ८३ मुद्दाको लगत सङ्ख्या रहेकामा पाँच सय ३३ फर्छ्यौट भएको र बाँकी एक हजार दुई सय ५० सुनुवाइमा रहेका छन् ।

जिल्ला अदालत रुपन्देहीमा नौ जना न्यायाधीशहरूले न्याय सम्पादन गरिरहेका छन् । न्याय सम्पादन छिटो गर्ने ध्ययेले दैनिक रूपमा एक जना न्यायाधीशले कम्तीमा तीन वटा मुद्दाको सुनुवाइ गर्ने गरी कामलाई अगाडि बढाएको छ । मुख्य न्यायाधीश कोइरालाले भने, ‘हामी नौ जना न्यायाधीश छौँ, यस अदालतबाट कम्तीमा दैनिक २५ वटा मुद्दा फैसला गर्ने गरी काम गरिरहेका छौँ ।’

न्यायाधीश कोइरालाले अदालतमा कानुनले तोकेभन्दा अतिरिक्त रकम कसैले मागेमा तत्काल स्रेस्तेदार वा आफूलाई सूचना गर्न पनि आग्रह गरे । उनले भने, ‘धेरैले सुनेको भरमा अदालतमा पैसा नल्याई काम गर्दैनन् भन्ने गर्दछन् । यदि कसैलाई त्यस्तो घटना भएको छ भने कृपया हामीलाई खबर गर्नुहोस्, उजुरी दिनुहोस् कुन फाँटको कर्मचारी वा कसले त्यस्तो काम गरेको छ । हामी तत्काल कारबाही गर्छौँ ।’

न्यायाधीश कोइरालाले प्रहरीले पक्राउ गर्नासाथ अभियुक्त भन्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न नपाउने बताउँदै त्यसतर्फ प्रहरी अधिकारीलाई सचेत गराएको पनि बताए । प्रहरीले कुनै अभियोगमा मानिसलाई पक्राउ गरेपछि अभियुक्त भन्ने ट्यागसमेत छातीमा टाँसिदिएर पत्रकार सम्मेलन गर्ने कानुन विपरीतको कार्य भएको उनको भनाइ छ ।

अदालतमा छिटोछरितो न्याय सम्पादनका लागि कुनै पनि मुद्दा दुई वर्षभन्दा ढिला गर्न नहुने गरी काम अघि बढाइएको सो अवसरमा जानकारी गराइएको थियो । अदालतमा प्रमाण हेरिने हुँदा कहिलेकाहीँ प्रमाण नपुग्दा पीडितले न्याय नपाएको आफूहरूलाई पनि अनुभूति हुने गरेको भए पनि कानुनभन्दा बाहिर गएर केही गर्न नसकिने न्यायाधीशहरूको भनाइ छ ।

जिल्ला न्यायाधीश र पत्रकारबीचको अन्तर संवादमा अदालतमा दुई पटकभन्दा बढी पेसी सार्न नपाउने नियम भए पनि कानुन व्यवसायीको विशेष अनुरोधमा कहिलेकाहीँ बाध्यात्मक अवस्थामा दुई पटकभन्दा बढी पनि सार्ने गरेको उनीहरूले बताए । अदालत कस्तो बनाउने भन्ने विषय वकिलहरूको गतिविधिमा भर पर्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस