नेपाल एयरलाइन्सको टिकट बुक गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न सकिने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

नेपाल एयरलाइन्सको टिकट बुक गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न सकिने


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । आइएमई पे र नेपाल एयरलाइनसबीच आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रधानकर्ताको रूपमा रहने सम्झौता भएको छ।

सो सम्झौता अन्तर्गत ग्राहकले नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्न सक्ने भएका छन्।

नेपाल एयरलाइन्सको वेबसाइटमा गई आफ्नो आवश्यकता अनुरूपको गन्तव्य र मिति छानी, मागिएको विवरण भरी चेक आउट गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न सक्ने कम्पनीले बताएको छ।

ग्राहकहरूलाई भुक्तानी प्रक्रिया सहज पार्न र साथै विद्युतीय भुक्तानीलाई बढाउने उद्देश्यले उक्त सम्झौता गरिएको कम्पनीको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस