कुमारी बैङ्क र सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय सवारी साधन कर्जा प्रदान गर्ने सम्झौता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कुमारी बैङ्क र सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय सवारी साधन कर्जा प्रदान गर्ने सम्झौता


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । कुमारी बैङ्क लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिबीच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्न कर्जा प्रदान गर्ने सम्झौता भएको छ।

पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकको माग पूरा गर्न आफ्ना देशव्यापी शाखाबाट सहज रूपमा कर्जा उपलब्ध गराउने भएको बैङ्कले जनाएको छ।

बैङ्कका अनुसार यो सहकार्यपश्चात् उसका ग्राहकले टाटा मोटर्सको विद्युतीय सवारी साधन किन्न बैङ्कबाट सजिलै बिजक मूल्यको ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्ने छन्। कर्जाको अवधि ८ वर्षसम्म रहने प्रावधान छ।

कुमारी बैङ्कले देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैङ्किङ इकाइ तथा ४९ एक्सटेन्सन काउन्टरबाट ग्राहकलाई सुविधा दिँदै आएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस