सरकारमा जान मेरो दाबी छैन : उपसभापति खड्का « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारमा जान मेरो दाबी छैन : उपसभापति खड्का


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू सरकारमा नजाने बताएका छन् ।

कांग्रेसबाट सरकारमा जानेदाबी गरेको भन्ने चर्चा भएको बताउँदै उपसभापति खड्काले आफ्नो कुनै पनि कुरामा दाबी नभएको बताएका हुन् ।

गत पुस १० गते भत्किएको गठबन्धनलाई पुनर्स्थापित गर्ने सङ्कल्प पूरा गरिएको भन्दै उनले अब कुनै कुरामा आफ्नो दाबी नभएको बताएका हुन् ।

ट्वीटरमा उनले लेखेका छन्, ‘ पुस १० गते भत्काइएको गठबन्धनलाई पुनर्स्थापित गर्ने त्यही दिन राति गरेको सङ्कल्पलाई लगभग पूरा गरिएको छ। अब मेरो दाबी कुनै कुरामा छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस