राष्ट्रपतिमा आधा-आधा कार्यकाल भनेपछि मैले अस्वीकार गरे : अध्यक्ष नेपाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिमा आधा-आधा कार्यकाल भनेपछि मैले अस्वीकार गरे : अध्यक्ष नेपाल


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताए ।

एकीकृत समाजवादी पार्टीको सुदृढीकरणका लागि कर्णालीमा प्रशिक्षणका लागि आज सुर्खेत पुगेका अध्यक्ष नेपालले प्रशिक्षणको क्रममा ओलीले राष्ट्रपति जस्तो पदमा आधा-आधा कार्यकालको प्रस्ताव गरेपछि अस्वीकार गरेको बताए । मुलुकका लागि यो राम्रो नहुने उनको भनाइ थियो ।

‘नेपाली कांग्रेस संविधान, लोकतन्त्र र गणतन्त्र प्रतिबद्ध भएको छ’, उनले भने, ‘यसमा माओवादी केन्द्र त छँदैछ ।’ जससँग गठबन्धन गर्दै आयौँ त्यसैलाई साथ दिन, इमान्दारिता कायम गर्न र शक्ति सन्तुलन राख्न ठिक छ भन्ने कुरालाई अध्ययन गरेर कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन दिइएको अध्यक्ष नेपालले बताए ।

आफ्नो पार्टीको अस्तित्व र भूमिका यो देशमा महत्त्वपूर्ण रहेको बताएका उनले संविधान, सङ्घीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाको लागि राष्ट्रिय सहमतिको आवश्यक रहेको बताए । उक्त सन्दर्भमा विसं २०७५ गठन भएको नेकपा ब्युँताउनुपर्ने कुरा आफूले राख्दै आएको उनले स्पष्ट पारे।

Tags :
प्रतिक्रिया दिनुहोस