नियमित उडानका लागि रेसुङ्गा नगरपालिका र निगमबीच सम्झौता  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नियमित उडानका लागि रेसुङ्गा नगरपालिका र निगमबीच सम्झौता 


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ-रेसुङ्गा विमानस्थलमा नियमित हवाई उडानको लागि सम्झौता भएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका र नेपाल वायु सेवा निगमबीच सम्झौता सम्पन्न भएको हो।

नेपाल वायुसेवा निगमद्वारा सुरुमा हप्तामा एक दिन उडान गर्दै पछि हप्तामा तीन दिनसम्म पुर्‍याउने योजना छ।

सम्झौताबारे जानकारी दिँदै काँग्रेस गुल्मी सभापति खिलध्वज पन्थीले हवाई यातायात नियमित भएसँगै गुल्मीको समग्र विकासको लागि कदम कोसेढुंगा साबित हुने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस