सशस्त्र प्रहरी महानिरीक्षक अर्याल सुडान प्रस्थान « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल सुडान प्रस्थान


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अफ्रिकी मुलुक दक्षिण सुडानमा हुने मेडल परेडमा सहभागी हुन सोमबार सुडानतर्फ प्रस्थान गरेका छन्।

सुडानमा मेडल परेडको साथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप गर्ने विषयमा समेत महानिरीक्षक अर्यालले संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिहरूसँग भेटवार्ता र छलफल गर्ने कार्यक्रम रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताए।

सन् २००३ बाट सशस्त्र प्रहरी बल यूएन मिसन अन्तर्गत पहिलो पटक लाईवेरियामा खटिएको थियो। सो मिसन सन् २०१६ मा बन्द भएको थियो। त्यस अघि दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो। सो मिसनको पहिलो कमाण्डरको रूपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दर्जामा रहँदा कमाण्ड सम्हालेका थिए। सो मिसनमा हाल १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन्।

त्यहाँ मिसन थप गरी तल्लो तहका कर्मचारीहरूलाई प्राथमिकतामा राखी मिसनको अवसर प्रदान गर्नेमा महानिरीक्षक अर्यालको जोड रहेको छ। 

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा सङ्गठनको नेतृत्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सम्हाल्ने भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस