२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेका मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डले दिए यस्तो प्रतिक्रिया 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक घटनाक्रमका कारण शीर्ष तहमा समझदारी बन्न नसक्दा एमालेसँगको सत्ता सहकार्य टुङ्गिएको बताएका छन् ।

सरकारबाट फिर्ता भएको निर्णयसहित राजीनामा बुझाउन गएका एमालेका मन्त्रीहरूसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले एमालेका मन्त्रीहरूसँग काम गर्न कुनै समस्या नरहेको बताएका हुन् ।

प्रचण्डले भने, ‘पछिल्लो समयको राजनीतिक घटनाक्रममा नेताहरूको बीचमा समझदारी बन्न सकेन,यो स्थिति सिर्जना भयो । तपाईँहरूसँग काम गर्न अप्ठ्यारो होइन, नेतृत्वसँग समझदारी बन्न सकेन ।’

सरकारलाई दिएको समर्थनसमेत फिर्ता भएको जानकारी गराउँदै सो अवसरमा उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले पुस १० गतेको समझदारी कायम नहुँदा आफूहरू सरकारबाट बाहिरिएको बताए ।

भेटमा औपचारिक कुराकानीबाहेक पछिल्लो राजनीतिक घटनाक्रमहरूको बारेमा केही कुरा नभएको स्वास्थ्य मन्त्री पदम गिरीले बताए । रक्षामन्त्री हरि उप्रेती भने बिरामी भएका कारण बालुवाटारमा उपस्थित थिएनन् ।

सो भेटमा प्रधानमन्त्रीले परराष्ट्र मन्त्री डा.विमला राईलाई अपमान गर्न नखोजेकोसमेत प्रस्टीकरण दिएका थिए । उनले आफूलाई पनि विगतमा त्यस्तो भएको भन्दै मन्त्री जेनेभा गएका बेला यता सरकार छाड्ने मन्त्रीबाट हट्ने परिस्थिति सिर्जना होला भनेर आफूले रोकेको बताएका थिए ।

एमाले केन्द्रीय सचिवालयको बैठकले सरकारबाट हट्ने निर्णय गरेपछि मन्त्रीहरू पार्टी निर्णयसहित राजीनामा बोकेर बालुवाटार पुगेका थिए । सरकारमा एमालेबाट उपप्रधानमन्त्री पौडेलसहित ८ मन्त्री थिए ।

जसमा पदम गिरी, दामोदर भण्डारी, विमला राई पौडेल, ज्वाला कुमारी साह, भगवती चौधरी, राजेन्द्र राई र हरि उप्रेती छन् ।

प्रतिक्रिया दिनुहोस