विश्वकप लिग टु : नेपालले आज पपुवा न्यु गिनीसँग खेल्दै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

विश्वकप लिग टु : नेपालले आज पपुवा न्यु गिनीसँग खेल्दै


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । यूएईमा आज सोमबारबाट सुरु हुने विश्वकप लिग टू को यूएई सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)सँग खेल्दै छ ।

नेपाल र पीएजीबीचको खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११:४५ मा सुरु हुदैछ ।

पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।

२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।

मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ ।

नेपाली टोलीमा श्याम(मौसम) ढकाल र प्रतिश जी.सी पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् ।

नेपाली टोली-

रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी।सी र श्याम(मौसम) ढकाल

नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित छैटौँ स्थानमा छ ।

पीएनजी २८ खेलमा २ मा जित र २५ मा हारसहित अङ्क तालिकाको पुछारमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस