निजामती सेवासम्बन्धी विधेयक पारित  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निजामती सेवासम्बन्धी विधेयक पारित 


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । बागमती प्रदेश सभाको दोस्रो बैठकले दुई विधेयकलाई पारित गरेको छ ।

प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ पारित भएका हुन् । आज साँझ बसेको बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले ती दुवै विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव गरेका थिए ।

यसैगरी, आजै साँझ बसेको पहिलो बैठकमा विधेयक व्यवस्थापन विशेष समितिका संयोजक डा. दिनेशचन्द्र देवकोटाले उक्त समितिमा दफावार छलफल भएर अन्तिम निर्णय भएका प्रतिवेदनहरू प्रस्तुत गरेका थिए ।

उक्त विधेयक व्यवस्थापन विशेष समितिले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ माथि प्रदेशसभाका १८ जना सदस्यहरूले संसद्मा प्रस्ताव प्रस्तुत गरेको रायहरूलाई पनि समावेश गरी प्रतिवेदन तयार गरिएको संयोजक डा देवकोटाले जानकारी दिए ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले दुईवटा अध्यादेशमार्फत जारी गरेको विधेयकलाई विस्थापित गरी नयाँ विधेयकलाई ऐनका रूपमा पारित गरिएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आज बसेको प्रदेशसभा बैठक स्थगित गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस