बैकिङ कसुरमा पक्राउ परेका पाण्डे जेल चलान « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

बैकिङ कसुरमा पक्राउ परेका पाण्डे जेल चलान


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोट लिखु गाउँपालिका-३ घर भई काठमाडौँ टोखा नगरपालिका-४ बस्ने ५२ वर्षीय डुण्डराज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  

उच्च अदालत पाटनको २०७९ पुस १८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र २० लाख २० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा पठाएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस