राष्ट्रपति निर्वाचनबारे आठ दलीय गठबन्धनले गर्‍यो यस्तो निर्णय  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

राष्ट्रपति निर्वाचनबारे आठ दलीय गठबन्धनले गर्‍यो यस्तो निर्णय 


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । राष्ट्रपति निर्वाचनअघि बनेको आठ दलीय गठबन्धनको आजको बैठकले राष्ट्रपतिको निर्वाचनको लागि आठ दलका एक एक जना प्रतिनिधि रहने गरी एक समिति बनाउने निर्णय गरेको छ । उक्त समितिले जहाँजहाँ जो-जससँग कुरा गर्नुपर्छ गर्ने कार्याधिकारी पाउनेछ ।

बैठकमा सहभागी जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार बैठकले सबै दललाई राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्न आह्वान पनि गरेको छ ।

बैठकले फागुन १८ गते संघीय सांसदलाई अभिमुखीकरण गर्ने निर्णय गरेको छ । १९ गते सातै प्रदेशमा निर्वाचनलक्षित कार्यक्रम गर्ने पनि निर्णय गरेको छ ।

यस्तै, बैठकले सङ्घ तथा प्रदेशसभाका सांसदहरुलाई २३ गते साँझसम्म काठमाडौं आइसक्न निर्देशन दिएको छ । २४ गते सबै सांसदलाई काठमाडौंमा ब्रिफिङ गरिने श्रेष्ठले जानकारी दिए । 

उक्त ब्रिफिङमा सांसदहरुलाई नयाँ समीकरणको आवश्यकता, संविधानको रक्षा, प्राप्त उपलब्धि बचाउन नयाँ गठबन्धन आवश्यक भएकोबारे स्पष्ट पार्ने र जनतामा रहेका भ्रम हटाउन सक्षम बनाउने तयारी गरेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस