‘काँग्रेसले प्रचण्डलाई कुनैपनि हालतमा धोका दिँदैन’  « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

‘काँग्रेसले प्रचण्डलाई कुनैपनि हालतमा धोका दिँदैन’ 


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले आफ्नो दलले प्रधानमन्त्री प्रचण्डलाई कुनैपनि हालतमा धोका नदिने बताएका छन् ।

आइतबार उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा दुई तिहाइ बहुमत पुर्‍याउने आफूहरूको तयारी रहेको पनि बताए । उनले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनपछि नै सरकारको स्वरूप निर्धारण हुने जानकारी दिए ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर बनेको आठ दलीय गठबन्धन लामो समयसम्म जाने दाबी गरे । राष्ट्रपतिको निर्वाचनमा पार्टीले काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरिसकेकोले त्यसबाट दायाँबायाँ नहुने पनि उनको भनाइ छ ।

त्यस्तै, नेकपा (एमाले) का नेता माधवप्रसाद ढुङ्गेलले अहिलेको संसद्मा भएको प्रतिनिधित्वले राजनीतिलाई स्थिरता नदिने जिकिर गरे । उनले राष्ट्रपतिमा पार्टीले अघि सारेको उम्मेदवार सुवासचन्द्र नेम्वाङ योग्य र सक्षम भएकोले निर्वाचित हुने विश्वास व्यक्त गरे ।

साक्षात्कारमा जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले निर्वाचनअघिको पाँच दलीय गठबन्धन भत्किनै लाग्दापनि आफू उक्त गठबन्धन जोगाउनुपर्ने पक्षमा उभिएको र त्यसको लागि निकै धेरै प्रयत्न गरेको र अहिलेको नयाँ गठबन्धन देशको हितमा रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस