तिलोत्तमामा भोली सार्वजनिक बिदा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

तिलोत्तमामा भोली सार्वजनिक बिदा


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मगर दिवसको अवसरमा बिदा दिएको छ। फाल्गुन १५ गते सोमबारका दिन ४१ औँ राष्ट्रिय मगर एकता दिवस” परेकोले नगर प्रमुख स्तरीय निर्णयअनुसार बिदा दिएको नगरप्रमुख रामकृष्ण खाँणले जानकारी दिए।

नगरप्रमुख खाँणले एक विज्ञप्ति जारी गर्दै नगरपालिकाको मुख्य कार्यालय मातहतका कार्यालयहरू तथा शैक्षिक संस्थाहरूमा स्थानीय बिदा दिइएको जानकारी गराएका छन्। नगरभित्र मगर समुदायका व्यक्तिहरूको बाक्लो उपस्थिति भएकोले बिदा दिइएको नगर प्रमुख सचिवालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस