प्रधानमन्त्रीले लिए रिक्त तीन मन्त्रालयको जिम्मेवारी  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीले लिए रिक्त तीन मन्त्रालयको जिम्मेवारी 


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हालेका छन् ।

राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी प्रचण्डले पाएका छन् ।

राप्रपाबाट मन्त्री बनेका राजेन्द्र लिङ्देन, ध्रुवबहादुर प्रधान र विक्रम पाण्डेले शनिबार राजीनामा बुझाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस