एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्छ : माधव नेपाल  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्छ : माधव नेपाल 


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन् ।

प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि धनुषाको लालगढ पुगेका नेपालले भने, ‘सरकार पुनर्गठनबारे छलफल भएको छैन । तर एमालेलाई किन सरकारबाट निकाल्ने ? एमालेसहितका राष्ट्रिय सरकार बन्नुपर्छ ।’

अध्यक्ष नेपालले पुनः ब्युँतिएको आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने पिक्चर क्लियर रहेको बताए । उनले काँग्रेस र माओवादीलाई धोका दिन नचाहेरै राष्ट्रपति एमालेको प्रस्तावमा बन्न अस्वीकार गरेको बताए ।

अध्यक्ष नेपालले राष्ट्रपति चयन गर्नुपर्ने विषयमा विदेशी चलखेल नभएको दाबी गरे । राष्ट्रिय हितको लागि पुरानो गठबन्धन ब्युँतिएको र काँग्रेस राष्ट्रपति दिएको उनको भनाई थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस