काठमाडौँमा वर्षा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँमा वर्षा


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । काठमाडौँमा आइतबार दिउँसो असिनासहित हल्का वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहानै पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको हो । 

मौसमविद् शान्ति कँडेलका अनुसार लामो समय निरन्तर वर्षा नभएर हल्का वर्षाको सम्भावना मात्रै छ ।

यो प्रि-मनसुनको समय भएकाले यस्तो खालको छिटपुट वर्षा हुने गरेको उनको भनाइ छ ।  लामो समयसम्म काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा वर्षा भएको थिएन । हिउँदे समयमा समेत वर्षा नहुँदा किसान मर्कामा परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस