चितुवाको हड्डीसहित डडेल्धुराबाट दुई जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चितुवाको हड्डीसहित डडेल्धुराबाट दुई जना पक्राउ


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । डडेल्धुरामा चितुवाको हड्डीसहित दुई युवक पक्राउ परेका छन् । प्रहरीले जिल्लाको अमरगढी नगरपालिका-५ बागबजारबाट शनिबार राति ४ किलो चितुवाको हड्डीसहित २ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका-१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका-७ बस्ने २७ वर्षीय वीर बहादुर वली रहेका छन् । सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चितुवाको हड्डी सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको छ । 

बरामद हड्डी र पक्राउ परेकाहरूका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस