२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यसम्पादनमा रुकुम पूर्व दोस्रो

अ+ अ-

रुकुम पूर्व । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालयमध्ये दोस्रो हुन सफल भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा गृह सचिव र प्रमुख जिल्ला अधिकारीबीच भएको अर्धवार्षिक कार्यसम्पादन मूल्याङ्कनमा जिप्रका रुकुम पूर्वी देशभरमै दोस्रो हुन सफल भएको हो ।

कार्यसम्पादन सम्झौता र सो सम्झौतामा उल्लेखित सूचकका आधारमा स्वाचालितरूपमा मूल्याङ्कन हुने प्रणाली (सिपीएएस)मा प्रविष्ट विवरणको मूल्याङ्कनबाट आर्थिक वर्ष २०७८/७९ को पहिलो अर्धवार्षिक अवधिमा दोस्रो स्थानमा रहेको हो ।

रुकुम पूर्व ७४ परिसूचकहरूमा ४०.१३ अङ्कसहित दोस्रो स्थानमा छ । रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार छन् । मन्त्रालयले आगामी दिनमा पनि सम्पादन हुने सेवा र कार्यसम्पादन थप प्रभावकारी हुँदै जाने अपेक्षा लिएको छ ।

कार्यसम्पादन सम्झौताको पाँच विषयगत क्षेत्रहरू शान्ति सुरक्षा र अपराध नियन्त्रण, शासकीय प्रबन्ध, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरणअन्तर्गतका ७४ परिसूचकमा गरी चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा जिप्रका रुकुमपूर्वले ४०.१३ प्रतिशत अङ्क प्राप्त गरी दोस्रो हुन सफल भएको हो ।

आगामी छ महिनामा पनि प्रथम स्थान हुने गरी कार्यसम्पादन भइरहेको साथै बेरुजुको सूचकबाहेक अन्यमा राम्रो गर्न सकिने गरी तयारी भएको जानकारी कार्यालयका सिपीएएस सम्पर्क व्यक्ति खम्बु रावतले बताए । विगत आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को स्थानीय भत्ता र दुर्गम भत्ताको बेरुजु रकम नियमित नभएको कारण सो सूचकमा अङ्क प्राप्त गर्न नसकिने हो कि भन्ने अनुमान छ । उक्त बेरुजु रकम फर्छ्योटका लागि गृह मन्त्रालय र महालेखापरीक्षकको कार्यालयमा फाइल पेस भइसकेको समेत उनले जानकारी दिए ।

पछिल्लो समयमा सो कार्यालयको कार्यसम्पादनको स्तर, कार्यालयको स्वरूप र सौन्दर्य तामा समेत परिवर्तन भएको छ भने नागरिकले सेवा प्रवाहसमेत सहजरूपमा प्राप्त भएको भन्ने सन्तुष्टि व्यक्त गरेका छन् ।

कोभिडको बुस्टर मात्रा लगाइँदै
आजबाट कोभिड-१९ विरुद्धको ‘फाइजर वायोभाइलेन्ट’ खोपको बुस्टर डोज लगाइँदै छ । पहिलो चरणमा जिल्लाको सिस्ने गाउँपालिका-५ र ६ वडाका ५५ वर्षमाथिका नागरिक, कर्मचारी, सुरक्षाकर्मी तथा व्यापार व्यवसायीलाई खोप लगाइने भएको छ ।

खोप कार्यक्रम १४, १५ र १६ गते तीन दिनसम्म चल्ने स्वास्थ्य कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ । यसअघि कोभिड-१९ को पहिलो, दोस्रो मात्रा पूरा गरी पहिलो बुस्टर मात्रा लगाउन छुटेका तथा पहिलो बुस्टर मात्रा लगाई छ महिना अवधि पुगेका ५ र ६ नं वडाका ५५ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइने स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं ल्याब टेक्निसियन निमप्रसाद गिरीले जानकारी दिए । उनका अनुसार स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घ रोगी, रोग प्रतिरक्षा शक्ति कम भएका व्यक्तिलाई खोप लगाइने छ ।

यी सबै लक्षित व्यक्तिलाई पहिले खोप लगाएको कार्डसहित उपस्थित हुन आग्रह गरिएको छ । सिस्ने गाउँपालिका–५ को रुमाल बारा स्वास्थ्य चौकी, टाकुराको आँखा उपचार केन्द्र नजिकै, रुकुम पूर्व अस्पतालबाट खोप लगाइने छ भने ६ नं वडामा छिप्रीदहको विन्द्यावासिनीको मन्दिर प्राङ्गणबाट खोप लगाइने सूचना अधिकारी गिरीले बताए ।

छुटेकालाई रुकुम पूर्व अस्पतालबाट खोप लगाइने छ । अहिले जिल्लामा तीन सय ६० भायल वायोभाइलेन्ट खोप आएको छ । अब दोस्रो चरणमा आएको खोप क्रमशः भूमे र पुथा उत्तर गङ्गा गाउँपालिकामा लगाइने स्वास्थ्य कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस