राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित निश्चित : माधव नेपाल « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित निश्चित : माधव नेपाल


१३ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । नेकपा एकीकृत (समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई अग्रिम बधाई दिएका छन्।

शनिबार राजधानीमा भएको कार्यक्रममा बोल्दै नेपालले नेपाली काँग्रेसबाट राष्ट्रपतिको उम्मेदवार रहेका नेता पौडेलको जित निश्चित रहेको उल्लेख गर्दै बधाई दिएका हुन्।

उनले भने, ‘आज हामीले रामचन्द्र पौडेलजीलाई राष्ट्रपतिका निम्ति प्रस्तावित गरेका छौँ। उहाँ विजयी हुनुहुन्छ भन्ने आशा गरेका छौँ। सबैले आफ्नो ओहदाको सम्मान गर्नुपर्छ ।’

अध्यक्ष नेपालले ८ दलबीच राष्ट्रिय स्वाभिमान बचाउने, गणतन्त्र, सङ्घीयता र समावेशी मान्यतालाई कायम राख्ने विषयमा छलफल भएको बताए।

‘देशमा परिवर्तन ल्याउन नेता र जनताले जीवन बलिदान गरेका छन्। बलिदान गरेको जीवन खेर जान दिनु हुँदैन। हामीले ल्याएका परिवर्तन उल्ट्याउने र समाप्त पार्ने प्रयत्न भइरहेका छन्। यसमा गम्भीर बन्नुपर्छ’‚ उनले भने।

उनले राष्ट्रिय मर्यादा र लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको रक्षा गर्ने विषयमा आफूहरू सतर्क रहेको बताउँदै सुशासनको पक्षमा काम गर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस