पुस १० गतेको सम्झौताअनुसार नै प्रचण्डजीले राष्ट्रपतिमा भोट हाल्नुहुन्छ : ओली « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पुस १० गतेको सम्झौताअनुसार नै प्रचण्डजीले राष्ट्रपतिमा भोट हाल्नुहुन्छ : ओली


१३ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौताअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सहयोग गर्ने दाबी गरेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले प्रधानमन्त्री दाहालले आफूलाई अफ्ठ्यारो परेको र दबाब आएको कुरा गरेको भनिरहे पनि पुस १० को सम्झौताअनुसार नै एमाले उम्मेदवारलाई सघाउनेमा विश्वस्त रहेको बताए ।

उनले भने,‘प्रचण्डजीले अलिकति अप्ठ्यारो पर्‍यो, दबाब पर्‍यो भनिराख्नुभएको छ। तर उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्ने लगभग हामीलाई यकिन नै छ ।’

उनले माओवादी, कांग्रेस, नेकपा एस, जसपा, लोपसा, नागरिक उन्मुक्ति, जनमत पार्टी लगायतका नयाँ ८ दलीय गठबन्धनलाई नयाँ गठबन्धन नभएको संज्ञा दिएका छन् ।

८ दलले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णयबारे गरिएको भन्ने प्रश्नमा ८ दलका नेतालाई प्रचण्डले चिया खान बोलाएको बताए।

पौडेललाई ८ दलले समर्थन गरेको भन्ने प्रश्नमा अध्यक्ष ओलीले कहाँ ८ दललाई समर्थन दियो भन्दै प्रतिप्रश्न गरे । ८ दललाई चिया खान बोलाएको सबै भोट हुन्छ भन्दै प्रश्न गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस