सबैको अपार सहानुभूति पाएँ, संविधानको रक्षा गर्छु : वरिष्ठ नेता पौडेल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सबैको अपार सहानुभूति पाएँ, संविधानको रक्षा गर्छु : वरिष्ठ नेता पौडेल


१३ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसबाट भावी राष्ट्रपतिमा प्रस्तावित वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूमाथि संविधानको रक्षा र जनताको अधिकार संरक्षण गर्ने चुनौती आउन लागेको बताएका छन् ।

शनिबार बिहान कांग्रेसले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपछि पत्रकारसँग कुराकानी गर्दै आफूमाथि कांग्रेससहित अन्य दलले सद्भाव राखेको बताएका छन्।

पौडेलले नेपालको संविधानको भावना र मर्म अङ्गाल्दै लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्न संविधानको रक्षकको हैसियतले आफू लागिपर्ने बताए ।

‘मैले प्रथम चरणमा एउटा प्रेरणा पाएको छु कांग्रेसबाट । अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा अभूतपूर्व अधिकार दिएको छ । त्यसको रक्षा गर्ने रक्षा गर्ने चुनौती मलाई आउन लागेको छ,’ उनले भने ।

नेपाली कांग्रेसले मात्र नभएर सबै पार्टीले आफूमाथि सद्भाव र सहानुभूति राखेको पौडेलले बताए । ‘नेपालको राजनीतिक जगतले ममाथि अपार सहानुभूति र सद्भाव राखेको छ । सबै पार्टीका सबै साथीहरूको अपार स्नेह र माया पाएको छु,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस