कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


१३ फाल्गुन २०७९, शनिबार


काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ८:३० बजे बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बैठकमा राष्ट्रपति पदको उम्मेदवार चयनलगायत विषयमा छलफल हुने बताइएको छ ।

हिजो(शुक्रबार) बसेको ८ दलको गठबन्धन बैठकले पुरानै गठबन्धन ब्यूत्याएसँगै राष्ट्रपति पद कांग्रेसलाई दिने सहमति भएको छ । कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई दिने भनिए पनि कृष्णाप्रसाद सिटौलाले पनि राष्ट्रपतिमा दाबी गरेका छन् ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस