राप्रपा कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बस्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राप्रपा कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बस्दै


१३ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

शनिबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा संयुक्त बैठक बोलाएको प्रवक्ता एवंम प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। परिवर्तित राजनीतिक परिस्थितिबारेछलफल गर्न बैठक बोलाइएको उनले जानकारी दिए।

यसअघि शुक्रबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ । संयुक्त बैठकले सरकारमा बस्ने नस्नेबारे निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस