उपत्यका विकास प्राधिकरण खारेज गर्न माग  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

उपत्यका विकास प्राधिकरण खारेज गर्न माग 


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । उपत्यका विकास प्राधिकरण खारेजीको माग उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले उपत्यका विकास प्राधिकरण खारेजीको माग गरेका हुन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८ माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद श्रेष्ठले प्रश्न गरे, ‘प्राधिकरणको औचित्य के हो ? म खारेजीको माग गर्दछु । यस्ता संस्थाले राज्यमाथि बोझ मात्रै थपिरहेको छ । यसको नाम उपत्यका विकास होइन, विनाश प्राधिकरण हो भन्छु म ।’

उनले प्राधिकरण भ्रष्ट्राचारको जरो भएको भन्दै काम पनि गर्न नसक्ने कारबाही पनि गर्न नसक्ने अवस्थामा रहेको बताए । ‘प्राधिकरणले जे छोयो त्यो बिग्रेको छ’ श्रेष्ठले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस