काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबन्ने निर्णय गरेको छ ।
प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टी राष्ट्रपति निर्वाचनका लागि कुनै पनि उम्मेदवारको प्रस्तावक तथा समर्थक नबस्ने बताए । उनले आफूहरू अहिले पार्टी निर्माणमा मात्रै केन्द्रित भएको बताए ।
ढकालले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी हुने वा नहुने भन्ने विषयमा भने फागुन २५ गतेअगाडि नै बैठक बसेर टुङ्ग्याउने बताए ।
‘निर्वाचनमा सहभागी हुनेरनहुने विषयमा २५ गतेअघि पार्टी बैठक बसेर निर्णय गर्छौँ । अहिले हामी पार्टी निर्माणमा छौँ । अहिलेको बैठकको बारे हामीलाई केही खबर छैन, उनले भने, ‘राष्ट्रपति निर्वाचन हाम्रो प्राथमिकता हैन, ‘हामी निर्णायक होइनौँ ।