‘सत्ता गठबन्धन धेरैबेर टिक्दैन, पुरानै ब्युँतिन्छ’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘सत्ता गठबन्धन धेरैबेर टिक्दैन, पुरानै ब्युँतिन्छ’


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । अहिलेको भएको गठबन्धन भत्किएर निर्वाचनको वेलाको गठबन्धन ब्युँतिन सक्ने एमाले नेता भीम रावलले सङ्केत गरेका छन्। शुक्रबार सुर्खेतमा पत्रकारसँग कुरा गर्दै रावलले अहिलेको गठबन्धन धेरै नटिक्ने सङ्केत गरेका हुन्।

अहिले बनिरहेको गठबन्धन क्षणिक भएको नेता रावलले बताए । ‘अहिलेको गठबन्धन धेरैबेर नटिकेर पुरानै गठबन्धन ब्युँतिनेछ,’ उनले भने, ‘अहिले बनिरहेको गठबन्धन पनि कुनै नीति निर्देशकबाट नभएको हुँदा धेरैबेर नटिक्ने निश्चित भएको छ।’

राष्ट्रपतिको निर्वाचनबारे बोल्दै उनले राष्ट्रपतिको निर्वाचनमा विदेशीको हस्तक्षेप भएको बताए । ‘अहिलेको राजनीति जनता हितको लागि नभई पदको स्वार्थका लागि मात्रै केन्द्रित भएको छ,’ उनले भने, ‘राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेश राजदूतसँग भेटघाट बढाउनु देशको राष्ट्रियतामा गम्भीर सङ्कट भएको छ।’

नेकपा एमालेका नेता भीम रावलले एमाले अध्यक्ष केपी ओलीका प्रमुख शत्रु घोषित गरिएका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कसरी प्रधानमन्त्री भए ? भनेर प्रश्न गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस