राष्ट्रपति निर्वाचनमा विदेशी हस्तक्षेप बढ्यो : भीम रावल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति निर्वाचनमा विदेशी हस्तक्षेप बढ्यो : भीम रावल


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेशी शक्तिहरूको हस्तक्षेप बढिरहेको बताएका छन् ।

शुक्रबार बिहान सुर्खेत पुगेका उनले पत्रकारसँग कुरा गर्दै केही दिनदेखि अमुक विदेशी राजदूतहरू नेताहरूको घरघरमा गएर भैलो खेलिरहेको टिप्पणी रावलले गरे ।

वर्तमान राजनीति नेपाली जनताको हितमा नभएको उनको भनाई थियो । ‘देशको राष्ट्रपति जस्तो पदमा विदेशी हस्तक्षेप त छँदै थियो, राष्ट्रपति को बन्ने भन्ने कुरामा पनि विदेशीहरूले नाम लिएको कुरा देखियो ,’ रावलले भने,‘ यो निर्लज्ज निन्दनीय छ, तर पनि राजनीतिक दलहरू यसैमा रमाइरहेका छन् ।’

रावलले नेपालको राजनीति नेपाली जनताको भलाई र नेपालका लागि कुनै मतलब नराखेर विदेशीको इसारामा चलिरहेको आरोप समेत लगाए ।

उनी भन्छन्,‘ राष्ट्रपतिको विषयमा जे–जस्ता गतिविधिहरू भइरहेका छन् त्यो विषयमा नेपालप्रति चासो र रुचि राख्ने कैयौँ मान्छेहरू चकित हुन्छन् होला । एउटा राष्ट्रपतिको निर्वाचनको लागि लगातार प्रधानमन्त्रीदेखि दलका नेताहरूले निरन्तर बैठक मात्र गरिरहेका छन्, देशको अर्थतन्त्रबारे कुनै मतलब छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस