कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रपतिको उम्मेदवार चयनका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ ।

शनिबार बिहान ८:३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार चयनलगायत विषयमा छलफल हुने बताइएको छ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ। यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी मनोनयन दर्ता तोकिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस