१२ लाख स्मार्ट लाइसेन्स छाप्न ठेक्का सम्झौता  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१२ लाख स्मार्ट लाइसेन्स छाप्न ठेक्का सम्झौता 


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । सरकारले १२ लाख वटा स्मार्ट लाइसेन्सको कार्ड आपूर्तिका लागि ठेक्का सम्झौता गरेको छ ।

समयमै कार्ड आपूर्ति नहुँदा स्मार्ट लाइसेन्स छपाइ प्रभावित हुने भएपछि थप कार्ड आपूर्तिका लागि बुधबार ठेक्का सम्झौता भएको यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सीराम गौतमले बताए ।

जर्मनीको मचल्बर आइडी सर्भिसले १४ लाख ९८ हजार डलर (करिब १९ करोड ८५ लाख रुपैयाँ) रुपैयाँको ठेक्का पाएको हो । ८ लाख ६१ हजार लाइसेन्स छाप्न बाँकी रहँदा विभागमा अहिले साढे ३ लाख मात्रै कार्ड बाँकी छन् ।

थप कार्ड आपूर्तिका लागि स्रोत सुनिश्चितता माग गरिसकेको महानिर्देशक गौतमको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस