सिंहदरवारमा मा‌ओवादी र जसपा नेताहरूबीच छलफल जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिंहदरवारमा मा‌ओवादी र जसपा नेताहरूबीच छलफल जारी


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका नेताहरूबीच अहिले छलफल भइरहेको छ।

सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा भइरहेको छलफलमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी छन्। जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादवसहित नेताहरू सहभागी छन्।

यसअघि प्रधानमन्त्री प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग छलफल गरेका थिए।

यसअघि बुधबार साँझ नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावअघिको गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको थियो।उक्त सहमतिपछि आज प्रधानमन्त्री प्रचण्डले अरू दलका नेताहरूसँग छलफल गरेका हुन्।

आजै साँझ काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको संयुक्त बैठक पनि बस्दै छ।

Tags :
प्रतिक्रिया दिनुहोस