प्रचण्डले राष्ट्रपतिमा काँग्रेसलाई समर्थन गर्नै मिल्दैन : ओली « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रचण्डले राष्ट्रपतिमा काँग्रेसलाई समर्थन गर्नै मिल्दैन : ओली


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा काँग्रेस उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने बताएका छन् ।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले काँग्रेससँग संवाद अघि बढाएपछि एमाले अध्यक्ष ओलीले उक्त प्रतिक्रिया दिएका हुन् । १० पुसमा नै प्रचण्डले एमाले उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने सम्झौता गरिसकेको भन्दै ओलीले काँग्रेसलाई समर्थन गर्न नमिल्ने ओलीले बताए ।

काठमाडौँमा आयोजित एक कार्यक्रम पछि एमाले अध्यक्ष ओलीले भने, ‘उहाँले ‘प्रचण्ड ले सपोर्ट गर्दै गर्नुहुन्न । गर्नै मिल्दैन किनभने हामीसँग सम्झौता पुस १० गते नै गर्नुभएको छ ।’

पुरानो गठबन्धन ब्युँताउनका लागि काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाको बैठक बिहीबार साँझ बस्दै छ ।

सम्बन्धित समाचार : माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक बस्दै

Tags :
प्रतिक्रिया दिनुहोस