गठबन्धन बदल्ने अझै टुङ्गो छैन : नारायणकाजी श्रेष्ठ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गठबन्धन बदल्ने अझै टुङ्गो छैन : नारायणकाजी श्रेष्ठ


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरवारमा भएको भेटवार्ता सकिएको छ । माओवादी संसदीय दलको कार्यालयमा उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो ।

भेटपछि पत्रकारहरूको प्रश्नको जवाफ दिँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको टुङ्गो लागि नसकेको बताए । पुरानो गठबन्धन ब्युँताउनेबारे उनले भने, ‘अझै टुङ्गो छैन ।’

भेटमा सहभागी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपति निर्वाचनको विषयमा सबै दलहरूसँग छलफल गर्ने क्रममा एकीकृत समाजवादीसँग पनि कुराकानी गरेको बताए । तर गठबन्धन बदल्ने निष्कर्षमा नपुगेको उनले बताए ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि प्रधानमन्त्री प्रचण्डले छलफल गरिरहेको भन्दै उनले अरु पार्टीहरूसँग पनि छलफल गर्ने बताए । ‘हामीले सबैसँग छलफल गर्दैछौं, गठबन्धन परिवर्तन गर्ने निष्कर्षमा पुगिसकेको छैन’उनले भने ।

नेता श्रेष्ठले अगाडि भने, ‘हामीले छलफल त सबैसँग गर्दैछौं । एमाले अध्यक्षसँग हाम्रो पार्टीका अध्यक्षले छलफल गरिरहनुभएको छ । अहिले एकीकृत समाजवादीसँग गरेका छौँ । जनता समाजवादी पार्टीसँग गर्दैछौं । नागरिक उन्मुक्ति पार्टी, जनमत लोसपा सबै पार्टीसँग छलफल गर्छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस