झलनाथ खनाल बङ्गलादेश प्रस्थान « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

झलनाथ खनाल बङ्गलादेश प्रस्थान


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बङ्गलादेश प्रस्थान गरेका छन्।

‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार बङ्गलादेशमा मानव अधिकारको अवस्था’ सम्मेलनमा अतिथिका रूपमा भाग लिन खनाल बिहीबार त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ।

बिहीबार मध्यान्ह १२ः४० बजे विमान बङ्गलादेश एयरलाइन्सबाट बङ्गलादेशको राजधानी ढाका गएको उनको सचिवालयले जनाएको छ।

साथमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मुहम्मद मियाँ, विदेश विभाग सचिव शङ्कर खतिवडालगायत पनि बङ्गलादेश गएका छन्।

खनालले शुक्रबार ढाकास्थित सर्वोच्च अदालतमा आयोजित ‘मानव अधिकार सम्मेलन’२०२३’ लाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

खनालले शुक्रबार बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको सचिवालयको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस