पोखरा विमानस्थलबाट आजदेखी राति उडान हुने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

पोखरा विमानस्थलबाट आजदेखी राति उडान हुने


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखी रात्रिकालीन उडान हुने भएको छ । विमानस्थलमा आजदेखि रात्रिकालीन उडानका लागि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली आजदेखि लागू भएको विमानस्थलले जनाएको छ ।

बुद्ध एयरको जहाज आइएफआर प्रणालीबाट बिहानको पहिलो फ्लाइट विमानस्थलमा अवतरण गरिसकेको विमानस्थलले जानकारी दिएको छ । यती एयरलाइन्स स्रोतका अनुसार उक्त प्रणालीबाट यतीले शुक्रबार जहाज उडान र अवतरण गर्ने तयारीमा छ ।

विमानस्थल प्रमुख विक्रम गौतम गौतमका अनुसार मंगलबार र बुधबार आइएफआर प्रणालीको परीक्षण गरिएको थियो । अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म गरी १८ घण्टा सेवा दिने भएको छ । अहिले दिउँसो ४ बजेसम्ममात्रै उडान हुँदै आएको थियो ।

विमानस्थल सबै उडानका लागि योग्य रहेको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन (एआइपी) प्रकाशित गरेको थियो । सो एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिने उनले बताए । सूचना प्रकाशन भएको आज ४२ दिन पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस