कोरियाले नेपालबाट मौसमी श्रमिक नलाने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कोरियाले नेपालबाट मौसमी श्रमिक नलाने


११ फाल्गुन २०७९, बिहिबार


कोरियन भाषा

काठमाडौँ । दक्षिण कोरियाले नेपालबाट मौसमी श्रमिक नलाने भएको छ ।

सिजनल भिसामा दक्षिण कोरिया पुगेका ८० प्रतिशत बढी नेपालीहरू अवैध रूपमा उतै बसेको पाइएपछि कोरियाले तीन वर्षका लागि प्रतिबन्ध लगाएको हो ।

मौसमी श्रमिकका रूपमा त्यहाँ पुगेका ७० प्रतिशतभन्दा बढी अवैध रूपमा बसेको पाइए तीन वर्ष प्रतिबन्ध लगाउने त्यहाँको नीति छ । सोही नीतिअनुसार त्यहाँको अध्यागमन विभागले नेपालसँग तत्काल कुनै सम्झौता गर्न नसकिने त्यहाँ रहेको नेपाली दूतावासलाई जानकारी गराएको हो ।

नेपालबाट गत वर्ष मौसमी श्रमिकका रूपमा कोरिया गएका ८० प्रतिशतभन्दा धेरै श्रमिक सम्झौताअनुसार स्वदेश नफर्किएका कारण कोरिया प्रतिबन्ध लगाउन बाध्य भएको दूतावासले जनाएको छ । यसअघि बेलायत सरकारले पनि नेपाललाई मौसमी श्रमिकका रूपमा लैजान रोक लगाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस