कलङ्की-चक्रपथ सडक विस्तार अघि स्थलगत निरीक्षण गर्ने तयारी  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कलङ्की-चक्रपथ सडक विस्तार अघि स्थलगत निरीक्षण गर्ने तयारी 


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । चिनिया सहयोगमा बिस्तार हुन लागेको कलङ्की-स्वयम्भू-गोङ्गबु-महाराजगन्ज चक्रपथ सडक खण्डको सम्बन्धित निकायले भोलि बिहान स्थलगत निरीक्षण गर्ने भएका छन्। निर्माण सुरु हुनुअघि निर्माण प्रक्रियाका प्राथमिकताबारे जानकारी लिन स्थलगत निरीक्षण हुन लागेको हो।

निरीक्षणका लागि बिहान ९ बजे नै कलङ्कीको मकालु पेट्रोल पम्प अगाडि भेला हुने जानकारी गराइएको छ। 

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा नेपालका लागि चिनिया राजदूत छन् सङलगायत सम्बन्धित निकायका प्रतिनिधि र निर्माण सम्बद्ध प्राविधिज्ञहरूले स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ।

Tags :
प्रतिक्रिया दिनुहोस