भारतीय राजदूतले भेटे प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

भारतीय राजदूतले भेटे प्रधानमन्त्री प्रचण्ड


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । बुधबार साँझ उनीहरुबीच बालुवाटारमा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ ।

चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि भारतीय राजदूत श्रीवास्तव बालुवाटार पुगेका हुन् । राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति निर्वाचनको बारेमा चासो राखेको बालुवाटार स्रोतले जनाएको छ । जवाफमा प्रचण्डले राजनीतिक दलहरूबीच सहमतिको प्रयास भइरहेको राजदूत श्रीवास्तवलाई बताएका थिए ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यक्रम छ । चिनियाँ राजदूत छन् सोङले आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस