देउवा निवासमा पुगे माधव नेपाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देउवा निवासमा पुगे माधव नेपाल


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल महासचिव बेदुराम भुसाल र नेता घनश्याम भुसाललाई लिएर शेर बहादुर देउवा निवास पुगेका छन् ।

पार्टीको सचिवालय बैठकमा केपी शर्मा ओलीले पार्टी एकताको प्रस्ताव राखेको र आफूले त्यसमा विश्वास नगरेको भन्दै पुरानै गठबन्धन ब्युँताउने बताएका नेपाल देउवा निवास पुगेका हुन् ।

पार्टीको आजै भएको सचिवालय बैठकमा नेपालले ओलीले चार घण्टासम्म आफूसँग भेट गरी पार्टी एकताको प्रस्ताव राखेको भए पनि ओलीलाई विश्वास गर्न नसकिने बताएका थिए ।

यस्तै उनले ओलीको साथ प्रचण्डले पनि छोडिसकेको भन्दै अब पुरानै पाँच दलीय गठबन्धन ब्युँतिने बताएका थिए ।

सचिवालयमै आजै देउवासँग भेट गरी पुरानो गठबन्धन ब्युँताउने विषयमा छलफल गर्ने बताएका नेपाल महासचिव र नेता भुसाललाई लिएर देउवा निवास पुगेका हुन् ।

देउवा निवासमा काँग्रेस सभापति देउवाका साथमा वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री गगन थापासहितका नेताहरू छन् । त्यसै गरी सभापति देउवासँग जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले छलफल गरेर बाहिरिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस