जबर्जस्तीको आरोप पछि फरार वडाध्यक्ष अझै भेटीएन्न  « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

जबर्जस्तीको आरोप पछि फरार वडाध्यक्ष अझै भेटीएन्न 


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी जारी भए पछि दार्चुलाका एकजना वडा अध्यक्ष फरार भएका छन् । जर्बजस्ती करणीको आरोप लागे लगत्तै मालिकार्जुन गाउँपालिका-३ का वडा अध्यक्ष मदनसिंह धामी फरार भएका हुन् । गत शुक्रबाबाट फरार भएका वडाध्यक्ष धामी अझै भेटिएका छैनन् । 

फरार धामीले सोही गाउँपालिकाका महिलालाई गत २० माघमा राती घरमा गएर जर्वजस्ती गरेको भन्दै गत शुक्रवार पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिइन् ।

सोही जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न खोज्दा धामी फरार भएका  हुन् । फरार धामीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस