२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रघुजी पन्तको प्रश्न : हाम्रो देशको राष्ट्रपति को बन्ने भनेर विदेशीको ट्विटमा पढ्नुपर्ने ?

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्तले नेपालमा राष्ट्रपति को बन्ने भनेर विदेशीले नाम लिनु लाजमर्दो अवस्था भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले आजसम्म कसैको अधीनमा नरहेको देशको राष्ट्रपति चुनावअघि देखिएको गतिविधि स्वाभाविक नरहेको बताएका हुन् ।

भारतीय विदेश सचिव नेपाल आउँदा राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीलाई भेटेको भन्दै उनले विरोध जनाए । ‘यो राष्ट्रिय सम्मानको कुरा हो, के हाम्रो विदेश सचिव जाँदा के यही ढङ्गको ट्रिट भारतमा पाउँछ ?’ उनले प्रश्न गरे, ‘पाउँदैन भने नेपालले दक्षिण एसियाको आजसम्म कसैको गुलामी नबोकेको आजसम्म स्वतन्त्र रहेको, कहिले पनि पराधीन नरहेको यो देशको राष्ट्रपतिको नाम विदेशीको ट्विटमा हेर्नुपर्ने ?’

८ फागुनमा भारतीय बुद्धिजीवी एसडी मुनीले ट्विटरमा नेपालमा राष्ट्रपतिका लागि योग्य भनेर देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, दमननाथ ढुङ्गाना र अनुराधा कोइरालाको नाम लिएका थिए । सांसद पन्तले मुनिको उक्त ट्विटको पनि आलोचना गरे । ‘हामीले हाम्रो राष्ट्रपति को हुने भन्ने कुरा भारतको एउटा पूर्व प्रोफेसरले हाम्रा पूर्व राजदूतको नाम, हाम्रा पूर्व सभामुखको नाम, हाम्रा पूर्वअर्थमन्त्री, मानवअधिकारवादी लगायतको तीन चार जनाको नाम यिनीहरू नेपालको राष्ट्रपति हुनको लागि उपयुक्त हुन्छ भनेर प्रस्तुत गर्छ’ पन्तले भने, ‘कस्तो दिन आयो ?’

राष्ट्रपति चुनावअघि भारतीय विदेश सचिव आएर राष्ट्रपतिदेखि प्रमुख दलका नेताहरूसँग भेट गर्नु गलत भएको बताए । भारतमा नेपालका मन्त्री स्तरको राजदूत हुँदा पनि त्यहाँको विदेश मन्त्रीसँग धेरै मुस्किलले भेटघाट हुने भन्दै पन्तले परराष्ट्र मन्त्रालयलाई राष्ट्रिय सम्मानको ख्याल गर्न आग्रह गरे ।

‘विदेशीहरूको भेटघाट नियमित गरियोस्, परराष्ट्र मन्त्रालयले विदेशी राजदूत, पदाधिकारी आउँदा कसरी नियमित गर्ने हो, देशको स्वाभिमानका लागि तदारुकताका साथ ध्यान जाओस्’ उनले भने ।

प्रतिक्रिया दिनुहोस