२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सिफ्टमा सेवा दिँदै इलाम प्रशासन, प्रजिअ भन्छन् : राती सवा दश बजेसम्म काम गरेको रेकर्ड छ

अ+ अ-

काठमाडौँ । सामान्यतया सरकारी कार्यालयहरूमा सेवा प्रवाह हुने समय भनेको बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हो । तर, जिल्ला प्रशासन कार्यालय इलाममा भने यो समय अलि फारक छ । र, एक प्रशासकले चाह्यो भने सेवा प्रवाह सेवाग्राहीमैत्री बनाउन सकिन्छ भन्ने उदाहरण पनि बनेको छ यति बेला जिल्ला प्रशासन कार्यालय इलाम ।

जिल्ला प्रशासन कार्यालय इलाममा बिहान ७ बजेदेखि राती अबेरसम्म पनि सेवा प्रवाह हुने गरेको छ । लाइनमा बसेका सेवाग्राहीको काम सकाउँदा कहिलेकाहीँ रातको सवा दशसम्म बज्ने गरेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । 

राहदानी वितरणमा समस्या देखपछि कार्यालयले दुई सिफ्टमा सेवा प्रदान गर्न थालेको हो । ६ महिनादेखिको राहदानीको काम पेन्डिङ भएपछि कार्यालयले दुई सिफ्टमा सेवा दिन सुरु गरेको हो । २०७९ माघ १५ गते नवलपरासी पश्चिमबाट सरुवा भई इलाम आएका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले माघ २५ गतेदेखि कार्यालय समय १०-५ को सीमालाई परिवर्तन गर्दै सेवा प्रवाहको समय विस्तार गरेका हुन् । राहदानी वितरणमा समस्या देखपछि समस्या समाधान गर्न र सेवाग्राहीलाई सहज रूपमा सेवा प्रदान गर्न दुई सिफ्टमा काम गर्ने गरेको प्रजिअ पोखरेलले बताए ।

माघ १५ मा पोखरेलले कार्यभार सम्हाल्दै गर्दा दैनिक २०/२५ जनाले मात्र राहदानीसम्बन्धी सेवा लिने गरेकोमा दुई सिफ्टमा काम हुन थालेपछि एकै दिन २ सय १७ जनासम्मलाई राहदानी सम्बन्धी सेवा प्रदान गरिएको छ । कार्यालयमा जनशक्ति थप गरी निशुल्करुपमा राहदानीको फारम भर्ने व्यवस्था पनि मिलाइएको छ । जसले सेवाग्राहीलाई सहज भएको छ । राहदानीको फारम भर्न बिचौलियाको प्रयोग हुने गरेको र साइबर सेन्टरहरूले आफ्नो आवश्यकताका आधारमा मात्र सेवाग्राहीको फारम भरिदिने र कमिसन लिने गरेको गुनासो आएपछि निःशुल्क रूपमा फारम भरिदिने व्यवस्था मिलाएको पोखरेलले बताए । ‘सरोभर डाउन भयो । तीन महिनापछि आउनुस् भनेर सर्वसाधारणलाई दुःख दिने, पैसा दिए काम छिटो हुन्छ भन्ने गरेको पाएपछि मैले प्रशासन कार्यालयबाटै फारम भरिदिने सुरु गरेको हुँ,’ उनले भने, ‘साइबर सेन्टरले बार्गेनिङ गरेको पनि पाइएको छ ।’

नवलपरासी पश्चिमा प्रजिअ हुँदाको अनुभव सुनाउँदै पोखरेलले भने, ‘राहदानीको फारम भर्दा सेवाग्राहीले बिचौलियालाई १२ हजार रुपैयाँसम्म तिर्नु परेको गुनासो आएपछि नवलपरासी पश्चिममा रहँदा गत असारमा मैले यो खालको अभ्यास गरेको थिए । त्यहाँ सफल भएपछि इलाममा पनि आएको १० दिनमै त्यही मोडललाई निरन्तरता दिएको हुँ । सफल नै भएको छ ।’ जिल्ला प्रशासन कार्यालयबाटै निःशुल्क रूपमा फारम भरिदिने भएपछि सेवाग्राहीले बिचौलियाका कारण दुःख पाउनु नपर्ने भएको छ ।

कार्यालयमा फाटो खिच्ने मेसिन एउटा मात्र भएकाले दुई सिफ्टमा काम गर्नु परेको छ । दुवै सिफ्टमा अफिसर लेभलका कर्मचारी खटिएका छन् । राहदानीको फारम भर्नका लागि ३ जना कर्मचारी थपिएको छ । यसै गरी बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सेवा प्रदान गर्ने प्रभु बैङ्कले पनि प्रशासन कार्यालयको आग्रहमा सेवा विस्तार गरेको छ । 

सेवाग्राहीको काम समयमा सम्पन्न गर्नका लागि प्रशासन कार्यालयले सुरु गरेको दुई सिफ्टको सेवा प्रवाहमा जिल्लाका स्थानीय तहले पनि सहयोग गरेका छन् । प्रमुख जिल्ला अधिकारीले एक दिनमा सेवा दिने ग्यारेन्टी गरेपछि जिल्लाका १० वटा स्थानीय तह आवश्यक स्रोत साधन उपलब्ध गराउन तयार भएका छन् । प्रत्येक स्थानीय तहले ८ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । जसले थप भएको जनशक्ति व्यवस्थापनमा सहयोग पुग्ने भएको छ ।

सिफ्ट सिस्टम अहिले राहदानीमा लागू गरेको कार्यालयले कार्यालयमा आएका सेवाग्राहीको प्रमाण पुगेको अवस्थामा राष्ट्रिय परिचयपत्र र नागरिकता पनि एकै दिनमा दिने व्यवस्था मिलाएको छ । लाइनमा बसेका सबै सेवाग्राहीको काम सकेपछि मात्र कर्मचारीहरू घर जाने गरेको प्रजिअ पोखरेलले बताए । उनले भने, ‘बिहान ७ बजे आउने कर्मचारी दिउसो १ बजेसम्म र दिउसो १ बजे आउने कर्मचारी सेवाग्राहीको काम नसकुन्जेल राती अबेरसम्म काम गर्ने गर्दछन् । कहिले ९ त कहिले सवा १० नै बजेको रेकर्ड छ ।’

प्रशासन कार्यालयले सेवा प्रवाहको समय विस्तार गर्दा इलामभन्दा बाहिर झापा, मोरङ, सुनसरी लगायतका स्थानमा बस्ने सेवाग्राहीलाई सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस