ताप्लेजुङ कारागारमा क्षमताभन्दा ६ गुना बढी कैदीबन्दी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

ताप्लेजुङ कारागारमा क्षमताभन्दा ६ गुना बढी कैदीबन्दी


१० फाल्गुन २०७९, बुधबार


फुङ्लिङ । जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन् । पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन् । 

महिला कैदीबन्दी राख्ने ठाउँ अभावमा छिमेकी जिल्ला पाँचथरको फिदिम पठाउनुपर्ने बाध्यता रहेको जिल्ला कारागारका प्रमुख जेलर कुलेन्द्र खवासले जानकारी दिए । 

 कारागारमा हाल एक सय १५ कैदी र ४० थुनुवा छन् । कारागारमा जबरजस्ती करणी मुद्दाका ३२ कैदी र १० थुनुवा, कर्तव्य ज्यान मुद्दाका २८ कैदी र छ थुनुवा, अपहरण मुद्दाका नौ, डकैती मुद्दाका सात तथा ज्यान मार्ने अभियोगका सात कैदी सजाय भुक्तान गरिरहेका छन् । 

‘क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कारागार व्यवस्थापनमा समस्या भएको छ’, जेलर  खवासले भने । कारागारमा दरबन्दीअनुसारका कर्मचारी नभएको उनको गुनासो छ । नौ जनाको दरबन्दी रहेकामा हाल  एक जेलर, एक कम्प्युटर अपरेटर र चार कार्यालय सहयोगी मात्र कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस