विस्फोटक पदार्थ खेलाउँदा पोखरामा दुई बालक घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विस्फोटक पदार्थ खेलाउँदा पोखरामा दुई बालक घाइते


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ। पोखरा महानगरपालिका वडा नम्बर ३३ ठूलढुंगाका दुई जना बालक घाइते भएका छन् । वनमा भेटाइएको विस्फोटक पदार्थ खेलाउँदा पड्किएर घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  

प्रहरीका अनुसार १३ वर्षीय सविन तामाङ र १५ वर्षीय माइकल चौधरी घाइते भएका हुन् । 

वनमा भेटाएको विस्फोटक पदार्थलाई घरमा लगेर किला ठोक्दा पड्किएको प्रहरीको भनाई छ । घाइते उनीहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस