२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्रालयले गर्‍यो स्वास्थ्य सेवा दिवसका लागि मूल समारोह समिति गठन

अ+ अ-

काठमाडौँ । सरकारले १५ फागुनमा स्वास्थ्य सेवा दिवस मनाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवस मनाउनका लागि मुख्य सचिव शंकरदास वैरागीका नेतृत्वमा मूल समारोह समिति गठन गरेको हो ।

‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नाराका साथ स्वास्थ्य सेवा दिवस मनाउनका लागि स्वास्थ्य मन्त्री पदम गिरीको संयोजकत्वमा बसेको बैठकले मूल समारोह समिति गठन गरेको हो ।

समितिको सह-संयोजकमा सचिव देवकुमारी गुरागाईँ र स्वास्थ्य सचिव डा. रोशन पोखरेल रहेका छन् । समितिको सदस्यमा अतिरिक्त सचिव, महानिर्देशक, महाशाखा प्रमुख केन्द्रीय अस्पतालका प्रमुख, निर्देशक, कार्यालय प्रमुख, स्वास्थ्य क्षेत्रका राष्ट्रिय स्तरका ट्रेड युनियनका अध्यक्षहरू र प्रमुख स्वास्थ्य समन्वय महाशाखा रहनेछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव सदस्य सचिव रहने छन् ।

यस्तै कार्यक्रम व्यवस्थापन समितिमा संयोजकमा स्वास्थ्य सेवा विभागको महानिर्देशक दिपेन्द्ररण सिंहलाई तोकिएको छ । कार्यक्रम व्यवस्थापन समितिको सदस्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महाशाखा प्रमुख, नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख, गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशक र औषधि व्यवस्था विभागका महानिर्देशक, स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक र कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत रहने छन् ।

फागुन १४ गते आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले योगा कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य क्षेत्रका राष्ट्रिय स्तरका टे«ड युनियनहरूको सहयोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यही फागुन १४ गते रक्तदान कार्यक्रम सञ्चालन गरिने भएको छ ।

स्वास्थ्य सेवा दिवस १५ फागुन बिहान साढे ८ देखि राष्ट्रिय सभागृह भृकुटीमण्डपमा मूल समारोह कार्यक्रम आयोजना गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस