प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा र जनसम्पर्क सल्लाहकारमा आचार्य नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा र जनसम्पर्क सल्लाहकारमा आचार्य नियुक्त


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त भएका छन् । पूर्व सभामुख एवम् माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरा सापकोटा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार नियुक्त भएका हुन् ।

चीनको रेन्मिङ विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका थिए । तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप कार्यकारी निर्देशक थिए।

यस्तै प्रशासन तथा जनसम्पर्क सल्लाहकारमा रामदीप आचार्य, जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली नियुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस