काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डका लागि अर्ध शतक बनाएका जर्ज मुन्जीलाई १३ ओभर ५ बलमा बोल्ड आउट गराएका हुन् ।
स्कटल्यान्डका लागि मुन्जीले ४६ बलमा ७ चौका २ छक्का प्रहार गर्दै ५० रनको अर्ध शतक बनाएका थिए । सन्दीपले १४औँ ओभरको अन्तिम बलमा रिची ब्रिनटनलाई एलबीडब्लू आउट गराए ।
यसअघि सन्दीपले ७ ओभर ५ औँ बलमा स्कटल्यान्डका केल कोट्जरलाई एलबीडब्लू आउट गराएका हुन् ।
कोट्जर २३ रन बनाएर आउट भए । स्कटल्यान्डले १४ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ८९ रन बनाएको छ ।